बढ्दो संख्या सुनेर नआत्तिऔं !

काठमाडाैं । दैनिक संक्रमितको संख्या सुन्दा संक्रमण नभएका व्यक्तिलाई पनि मनोवैज्ञानिक असर पर्छ । मनमा कल्पना, उत्साह, योजना आदि हराउँदै जान्छ तसर्थ संख्या देखेर नआत्तिऔं । अमेरिका, युरोपमा दिनमा लाखौं संक्रमित हुँदा पनि अस्पताल भर्ना हुने तथा मृत्यु हुने संख्या एकदम न्यून छ ।
सबै काम राम्रैसँग चलिरहेको छ । ओमिक्रोन छिटो फैलिने तथा सिकिस्त त्यति नपार्ने प्रजाति हो । हामी कोरोना भाइरससँग डराएको होइन, आफ्नो आर्थिक तथा भौतिक क्षतिप्रति डराएको हो ।
ओमिक्रोनले गम्भीर बनाउने सम्भावना कम हुन्छ भने किन डराउनु ?
नेपालमा दैनिक १० हजार संक्रमित हुँदा पनि अस्पताल प्याक भएका छैनन् । अस्पताल भर्ना हुने, आईसीयू चाहिने संक्रमित एकदम न्यून छन् । खोप नलगाएका तथा गम्भीर दीर्घरोग लागेका व्यक्तिमात्र ओमिक्रोनको जोखिममा छन् ।
– सरकार लगायत कसैको आशा नगरौं । आशा गर्दा निराशा हात लाग्छ ।
– आफ्नो काम नछोडौं । डबल मास्क लगाएर , स्यानिटाइजर बोकेर काम गरौँ । खोप लगाऔं । भिडभाडबाट बचौं । लक्षण देखिए परिक्षण गरेर घरमै बसौं । हामीले गर्ने यहि हो ।
– खोप नलगाएका बालबालिका तथा जेष्ठ नागरिकहरुलाई घरभित्र पनि आइसोलेसनमा राखौं । उहाँहरुलाई बचाउनु हाम्रो दायित्व हो ।
– भेटघाट, बैठक, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सकभर भर्चुअल वा खुला ठाउँमा एकदम थोरैको उपस्थितिमा गरौँ । वर्क फ्रम होम लाई अबलम्बन गरौँ । यो महिना घुमफिर नगरौं ।
– यो छाल यो महिनापछि घट्दै जान्छ । लामो समय रहँदैन ।
– अर्को पटक सिग्मा वा अर्कै नामको प्रजाति आउँछ । तसर्थ नामसंग डराउनु पर्दैन । सबैले खोप लगाएपछि भाइरस कमजोर बन्दै रुघाखोकीजस्तो हुनेछ ।
त्यसपछि यसको असर फ्लुको जस्तै हुनेछ । हामीलाई थाहा छ, गतसालको डेल्टाभन्दा अहिलेको ओमिक्रोन निकै कमजोर छ । यसरी कमजोर हुँदै गएर कोरोना भाइरस बिस्तारै निष्प्रभावी हुने हो ।
– महामारीको सिद्वान्त अनुसार बिमारिको गणना गर्नुपर्ने अवस्था छ । अन्यथा सबैले खोप, मास्क लगाउने, उपचार गर्नुपर्नेलाई उपचार गर्ने अनि यो दैनिक गणना नगर्ने हो भने मनोबैज्ञानिक असर कम हुनेथियो । यद्यपि दैनिक संक्रमितहरुको गणना गर्नु सबै राष्ट्रको बाध्यता हो । सामाजिक संजालबाट
प्रतिक्रिया