‘ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य’

नेपालखोज २०७८ माघ ७ गते १८:०८

काठमाडाैं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् ।

उनले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे । प्रवक्ता केसीले फ्रन्ट लाइनमा खेटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताए ।

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताए ।

उनले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहो¥याए । कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताए ।

प्रतिक्रिया