बुधबार, जेठ १, २०८२

तीनजना मृत भेटिए

नेपालखोज २०७८ माघ ८ गते ७:२२
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका २, भंगालमा डेरा गरी बस्ने महोत्तरी बर्दिबासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौं महानगरपालिका १९, ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं १९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीनवटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया