६ महिनामा २३ वाणिज्य बैंकले कमाए २९ अर्ब ५९ करोड (सूचीसहित)

काठमाडौं । चालु आर्थिक बर्षको छ महिना अर्थात दोस्रो त्रैमासिक अवधिमा २३ वटा वाणिज्य बैंकहरुले २९ अर्ब ५९ करोड ३४ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन । सञ्चालनमा रहेका २७ वटा मध्ये हालसम्म २३ वटा वाणिज्य बैंकहरुले चालुु आ.व. को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको आधारमा उक्त नाफा कमाएको देखिएको हो ।
गत आ.व.को सोही अवधिमा भने बैंकहरुको नाफा २६ अर्ब ५० करोड ६२ लाख ५६ हजार रुपैयाँ रहेको थियो । अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा भने ग्लोवल आईएमई बैंकले कमाएको छ । बैकले चालु आ.व.को दोस्रो त्रैमासमा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको हो । गत आ.व.को सोही अवधिमा ग्लोवलको नाफा दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा एनआईसी एशिया बंैक भने दोस्रो स्थानमा परेको छ । चालु आ.व.को दोस्रो त्रैमासमा एनआईसीले दुई अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा भने एनआईसी एशियाको नाफा दुई अर्ब छ करोड पाँच लाख ३७ हजार रुपैयाँ रहेको थियो । नबिल बैकले भने चालु आ.व.को दोस्रो त्रैमासमा दुई अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा नविलको नाफा दुई अर्ब एक करोड ६० लाख २३ हजार रुपैयाँ थियो । अन्य ११ वटा बैकहरुको खुद मुनाफा एक अर्ब रुपैयाँ भन्दा माथि रहेको छ भने नौ वटा बैंकहरुको खुद मुनाफा एक अर्ब भन्दा तल रहेको छ ।
चालु आ.व.को दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, प्राईम कर्मसियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकले व्रmमश एक अर्ब ९१ करोड ९५ लाख पाँच हजार, एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार, एक अर्ब ६२ करोड ४३ लाख २४ हजार र एक अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाए । गत आ.व.को सोही अवधिमा भने बैंकहरुको नाफा व्रmमश एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार, एक अर्ब ८१ करोड ३३ लाख २९ हजार, एक अर्ब ५८ करोड ६६ लाख नांै हजार र ९१ करोड ८७ लाख ४० हजार रुपैयाँ रहेको थियो । यसैगरी कृषि बिकास बैंक, मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले पनि चालु आवको दोस्रो त्रैमासमा व्रmमश एक अर्ब ४२ करोड २५ लाख १२ हजार, एक अर्ब ३९ करोड ९९ लाख ९१ हजार, एक अर्ब २६ करोड २० लाख १० हजार र एक अर्ब २३ करोड ९३ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेकाछन ।
गत आ.व.को सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा क्रमस एक अर्ब ३२ करोड १६ लाख ८८ हजार, एक अर्ब ३० करोड ४४ लाख ७१ हजार, एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार र ८७ करोड ५१ लाख ९३ हजार रुपैयाँ रहेको थियो । चालु आ.व.को दोस्रो त्रैमासमा स्टान्र्डड चार्टड बैंक, माछापुच्छे« बैंक र सानिमा बैंकले भने व्रmमश एक अर्ब आठ करोड ६७ लाख ७० हजार, एक अर्ब एक करोड आठ लाख ३० हजार र एक अर्ब सात करोड ७० लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएकाछन । गत आ.व.को सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा व्रmमश ७२ करोड ७६ लाख ३९ हजार, ८० करोड २७ लाख ७४ हजार र एक अर्ब छ करोड २७ लाख ९६ हजार रुपैयाँ रहेको थियो । यि बाहेक नेपाल बंगलादेश बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र लक्ष्मी बैकले भने चालुु आवको दोस्रो त्रैमासमा व्रmमश ८१ करोड १५ लाख २२ हजार, ९५ करोड १७ लाख ३८ हजार, ८३ करोड ८९ लाख २० हजार र ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएकाछन । गत आ.व.को सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा व्रmमश ९४ करोड १२ लाख ५५ हजार, एक अर्ब २१ करोड ६५ लाख ५८ हजार, ९६ करोड १९ लाख चार हजार र ८० करोड ७१ लाख १५ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी बैंक अफ काठमाडौ, सिभिल बैंक, एनसीसी बैंक, सेञ्चुरी कर्मसियल बैंक र नेपाल एसबिआई बैंकले चालु आवको दोस्रो त्रैमासमा क्रमस ७९ करोड १३ लाख १९ हजार, ५० करोड ४० लाख एक हजार, ९० करोड पाँच लाख ४३ हजार, ७२ करोड २१ लाख ६४ हजार र ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा कमाएकाछन । गत आ.व.को सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा व्रmमश ७५ करोड ८० लाख ११ हजार, २० करोड २८ लाख ८४ हजार, ६१ करोड ४० लाख चार हजार, ४६ करोड ६५ लाख ९९ हजार र ५१ करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
बैंकको (नाफा चालु) आ.व.को दोस्रो त्रैमास गत आ.व.को दोस्रो त्रैमास
१ ग्लोवल आईएमई बैंक २६६३३८४ २३१५११८
२ एनआईसी एशिया बैंक २४०२०६६.३० २०६०५३७.५०
३ नबिल बैंक २१८१४२० २०१६०२३
४ राष्ट्रिय बाँणिज्य बैंक १९१९५०५.७१ १७४८८५९.९९
५ प्राईम कर्मसियल बैंक १६७८५८९.९४ १८१३३२९.८०
६ नेपाल इन्भेष्टमेन्ट बैंक १६२४३२४ १५८६६०९
७ सिद्धार्थ बैंक १५७७३१३.८० ९१८७४०.१५
८ कृषि बिकास बैंक १४२२५१२.५८ १३२१६८८.५५
९ मेगा बैंक १३९९९९१.२० १३०४४७१.५५
१० प्रभु बैंक १२६२०१० १५१८६८४
११ सिटिजन्स बैंक इन्टरनेशनल १२३९३४९.५५ ८७५१९३.६०
१२ स्टान्र्डड चार्टड बैंक १०८६७७० ७२७६३९
१३ माछापुच्छे« बैंक १०१०८३०.४७ ८०२७७४.४०
१४ सानिमा बैंक १०७७०६८.५२ १०६२७९६.४४
१५ नेपाल बंगलादेश बैंक ८११५२.२० ९४१२५५.९९
१६ कुमारी बैंक ९५१७३८.१८ १२१६५५८.४७
१७ एभरेष्ट बैंक ८३८९२० ९६१९०४
१८ लक्ष्मी बैंक ८१७३९८ ८०७११५
१९ बैंक अफ काठमाडौ ७९१३१९.४१ ७५८०११.०१
२० सिभिल बैंक ५०४००१ २०२८८४
२१ एनसीसी बैंक ९००५४३.४९ ६१४००४.१४
२२ सेञ्चुरी कर्मसियल बैंक ७२२१६४ ४६६५९९
२३ नेपाल एसबिआई बैंक ७८२७८१.११ ५१४८५९.९५
कुल २९५९३४७४ २६५०६२५६
(श्रोत सम्वन्धीत बैंकले प्रकाशन गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय बिवरण)
प्रतिक्रिया