शनिबार, जेठ ५, २०८१

नेप्सेको उच्च गिरावट कायमै, सय अंकले घट्दा आठ अर्ब ८८ करोडको कारोबार

नेपालखोज २०७८ माघ १० गते १६:०७

काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १० अंकले घटेको नेप्से आज पुनः एक सय दशमलव १० अंकले घटेर २८ सय २० दशमलव ४१ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २० अंकले घटेर पाँच सय २५ दशमलव ९० अंकमा पुगेको छ । दुई सय २८ कम्पनीको एक लाख १३ हजार दुई सय पाँच पटकको कारोबारमा एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७७ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ५४ दशमलव ४८ अंकले घटेर १८ सय ३८ दशमलव ८१ अंकमा झर्दा विकास बैंक समूहको सूचक पनि दुई सय ३४ दशमलव २७ अंकले घटेर चार हजार नौ सय ७१ दशमलव पाँच अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि एक सय ५४ दशमलव २४ अंकले घटेर ३३ सय नौ दशमलव ६५ अंकमा झर्दा जीवनबिमा समूहको सूचक पनि पाँच सय ६९ दशमलव ७९ अंकले घटेर १६ हजार तीन सय १५ दशमलव ११ अंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय ६ दशमलव ७८ अंकले घटेर १२ हजार आठ सय ८३ दशमलव ८६ अंकमा झर्दा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार पाँच रुपैयाँ ५० पैसामा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ८२ प्रतिशतले घटेर चार सय ४० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ३२ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ३४ लाख २४ हजार एक सय ५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया