मंगलबार, वैशाख १६, २०८२

बेस्ट फाइनान्सको नाफा सबैभन्दा उच्च, समृद्धिको कमजोर

नेपालखोज २०७८ माघ १२ गते १४:२१


काठमाडौं । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये हालसम्म १० वटा फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक भएकाहरूमध्ये बेस्ट फाइनान्सको नाफा सबैभन्दा उच्च देखिएको छ भने समृद्धि फाइनान्सको नाफा सबैभन्दा कमजोर देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार बेस्ट फाइनान्सले चालु आवको दोस्रो त्रैमासमा १४ करोड दुई लाख नौ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा समृद्धि फाइनान्सले जम्मा ६० लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । गत आवको सोही अवधिमा भने बेस्ट फाइनान्सले १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने समृद्धिले एक करोड ६७ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको थियोे ।

आईसीएफसी फाइनान्स भने चालु आवको दोस्रो त्रैमासमा १३ करोड २३ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने फाइनान्सको सूचीमा दोस्रो स्थानमा परेको छ । गत आवको सोही अवधिमा आईसीएफसीको यस्तो नाफा १७ करोड ५१ लाख रुपैयाँ थियो । गुडबिल, मञ्जुश्री र श्री इन्भेस्टमेन्ट फाइनान्सले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः सात करोड ९१ लाख ९१ हजार र सात करोड ५३ लाख ८९ हजार र चार करोड ६२ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरूको यस्तो नाफा क्रमशः पाँच करोड ५४ लाख ९१ हजार, ११ करोड ३४ लाख दुई हजार र पाँच करोड ९१ लाख ५८ हजार रुपैयाँ थियो ।

चालु आवको दोस्रो त्रैमासमा नेपाल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले भने क्रमशः तीन करोड ३२ लाख ९३ हजार र दुई करोड ८६ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने नेपाल फाइनान्सले ३९ लाख आठ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा गुह्येश्वरी मर्चेन्ट फाइनान्सले तीन करोड ४७ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

पोखरा फाइनान्स र गोर्खाज फाइनान्सले भने चालु आवको दोस्रो त्रैमासमा क्रमशः दुई करोड ९६ लाख १६ हजार र एक करोड ६५ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाइनान्सहरूको यस्तो नाफा क्रमशः नौ करोड ६८ लाख ८६ हजार र ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले चालु आवको दोस्रो त्रैमासमा कमाएको नाफा (रकम रु. हजारमा)

प्रतिक्रिया