आइतबार, जेठ ५, २०८२

विश्वकपका लागि १४ देश छनोट, एसियाबाट कतारको टिकट काट्ने पहिलो टोली इरान

नेपालखोज २०७८ माघ १४ गते १२:४९

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् । एसियाबाट छनोट हुने इरान पहिलो देश बनेपछि १४ देशको टिकट पक्का भएको हो ।

एसिया छनोटको खेलमा इराकमाथि १–० को जित दर्ता गर्दै इरानले कतारको टिकट निश्चित गरेको हो । एसियाबाट नै आयोजक कतार छनोट भइसकेको छ । कतार आयोजकको हैसियतमा विश्वकपमा छनोट भएको हो ।

यूरोप र दक्षिण अमेरिकाबाट पनि केही देशहरु छनोट भइसकेका छन् । अफ्रिकाबाट ५, एसियाबाट ४ सिधै र १ प्ले अफ, यूरोपबाट १३, उत्तर अमेरिका र क्यारेबियनबाट ३ र १ प्ले अफ, ओसेनियाबाट १ प्ले अफ र दक्षिण अमेरिकाबाट ४ सिधै र एक प्ले अफ गरी कुल ३२ राष्ट्र छनोट हुने फिफाको नियम छ ।

अन्तर महादेशीय प्ले अफमा एशियाबाट पाँचौ हुनेले दक्षिण अमेरिकाको पाँचौ हुने टोलीसँग प्ले अफ खेल्नेछन् । दुई चरणको प्ले अफमा टिम गोलका आधारमा छनोट हुनेछ । उत्तर अमेरिकी महादेशको चौंथो हुने देशले ओसेनियाबाट छनोट भएर आएको टोलीसँग दुई चरणको प्ले अफ खेल्नेछन् ।

हालसम्म छनोट भएका देश

१. कतार
२. जर्मनी
३. डेनमार्क
४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम
७. क्रोएसिया
८. स्पेन
९. सर्बिया
१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड
१३. अर्जेन्टिना
१४. इरान

प्रतिक्रिया