शनिबार, जेठ ५, २०८१

१९ वर्षपछि…

दिनेश अधिकारी २०७८ माघ १५ गते १०:१५

निकै लामो समयदेखि नेपालमा रहँदै आउनुभएका अमेरिकी कवि, अनुवादक तथा फोटोग्राफर Wayne Amtzis र कवि तथा चलचित्र निर्देशक प्रकाश सायमीसँगको मेरो यो तस्बिर २०५५ सालको कात्तिक/मंसिरतिर खिचिएको हो।

थाहा नदिएर खिचिएको तस्बिरको मजा नै अर्कै हुन्छ । यो तस्बिरमा पनि त्यो मजा छ । तर यसरी थाहा नदिएर तस्बिर खिच्दाको अप्ठ्यारो के पनि हुँदोरहेछ भने फोटोग्राफरसँग विवरणात्मक अभिलेख नहुने हो भनेअलि लामो समय बितेपछि चाहिँ त्यो फोटो कहिले र कहाँ खिचिएको भनी खुट्याउन आफैंलाई पनि हम्मेहम्मे पर्दोरहेछ । यो फोटोको हकमा पनि त्यही कुरा लागु हुन्छ ।

२०५५ सालमा खिचिएको यो तस्बिर २०७४ असारमा भाइ कुमार आलेले उपहारस्वरूप उपलब्ध गराइदिनु भएपछि मात्रै मैले पनि देख्न पाएको हुँ ।

प्रतिक्रिया