एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै

नेपालखोज २०७८ माघ १५ गते ११:३०

काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने जनाइएको छ । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

एमालेको १०औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । पूर्वमन्त्री भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन र सम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन र सम्मेलनका लागि आ–आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका नेतालाई स्थानीय तह निर्वाचन समयमा गराउन सरकारलाई खबरदारी गर्न आग्रह गरेका थिए । अध्यक्ष ओलीको निर्देशनपछि बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया