महामारीमा फाइनान्स कम्पनी, आधा दर्जनभन्दा बढीमा खराब कर्जा बढ्यो

नेपालखोज २०७८ माघ १७ गते १५:४०

काठमाडाैं । आधा दर्जन फाइनान्स कम्पनीहरुमा खराब कर्जाको अनुपात बढेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामहारी कै अवधिमा सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरु मध्ये १४ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेकोमा आधा दर्जनमा खराब कर्जा बढेको देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार विवरण सार्वजनि गर्ने फाइनान्स कम्पनीहरु मध्येमा सातवटामा खराब कर्जाको अनुपात घटेको छ भने सातवटामा बढेको छ । जसमध्येमा पनि सबैभन्दा बढी खराब कर्जा नेपाल फाइनान्समा देखिएको छ भने सबैभन्दा कम श्री इन्भेष्टमेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा देखिएको छ ।

राष्ट्र बैकको निष्क्रय कर्जा सम्वन्धी व्यवस्था अनुसार कुनै पनि संस्थामा खराब कर्जाको अनुपात पाँच प्रतिशतभन्दा बढी हुनु हुदैन । यदि बढी देखिएको त्यस्तो संस्थालाई कमजोर संस्थाकोरुपमा गणना गरी खराव कर्जाको अनुपात तोाकिएको सिमासम्म कायम नहुँदासम्म निक्षेप तथा कर्जा प्रवाहमा न्युनतम सिमा तोकिदिने, नयाँ शाखा खोल्न, नयाँ कर्मचारी नियुक्त गर्न रोक लगाउने लगायतका कारवाही गर्न सक्ने व्यवस्था रहेको छ ।

तर कारवाहीको यो व्यवस्था रहेतापनि चालुु आवको दोस्रो त्रैमासमा नेपाल फाइनान्समा १९ दसमलव तीन प्रतिसत कर्जा खराव देखिएको छ । जब कि यही अवधिमा श्री इन्भेष्टमेन्ट फाइनान्समा भने यस्तो कर्जाको अनुपात शून्य दशमलव ८५ प्रतिसत मात्र रहेको छ । गत आवको सोही अवधिमा यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश ४१ दशमलव सात र शून्य दशमलव ७० प्रतिशत रहेको थियो ।

गोर्खाज, जानकी र गुडविल फाइनान्समा भने चालु आवको दोस्रो त्रैमासमा क्रमश आठ दशमलव १७, पाँच दशमलव ३१ र तीन दशमलव ७१ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश चार दशमलव ४२, सात दशमलव ९३ र एक दशमलव ३८ प्रतिशत रहेका थिए ।

यसैगरी वेष्ट, प्र्रोग्रेसिभ र मल्टीपर्पस फाईनान्समा पनि चालु आवको दोस्रो त्रैमासमा व्रmमश तीन दसमलव ६८, तीन दशमलव ६४ र दुई दशमलव ९० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यि फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश २७ दशमलव २२, चार दशमलव तीन र ३१ दशमलव ९३ प्रतिशत रहेका थिए ।

सेन्ट्रल, पोखरा र मञ्जुश्री फाइनान्समा भने चालु आवको दोस्रो त्रैमासमा क्रमश एक दशमलव ६१, एक दशमलव ५३ र एक दशमलव ३० प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोेही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमश तीन दशमलव ३२, एक दशमलव ३२ र तीन दशमलव एक प्रतिशत रहेका थिए ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आईसीएफसी र गुहे्श्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीमा भने चालु आवको दोस्रो त्रैमासमा क्रमश एक दशमलव शून्य छ र शून्य दशमलव ८९ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आवको सोही अवधिमा भने यि फाइनान्सहरुमा यस्तो कर्र्जाकोे अनुपात क्रमश शून्य दशमलव ७६ र एक दशमलव ७४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया