‘योग नमस्कार आफैँमा एउटा सरल र सम्पूर्ण प्रक्रिया हो’
हामी जुन समयमा बाँच्छौं, हाम्रो जीवनशैली त्यसैको परिणाम हो- तर, जे वास्तविक छ, त्यो जीवन हो ।

-यदि तपाईंको मानवता मरिसकेको छ भने, तपाईंलाई निकै बढी नैतिकता चाहिन्छ । यदि तपाईंको मानवता जीवित छ र यो छचल्किएको छ भने, तपाईंले स्वाभाविक रूपमा आफ्नो निम्ति र आफू वरपर सबैका निम्ति आफूले सकेको उत्तम गर्नुहुनेछ ।
-तपाईंको श्वास र मानसिक संरचनाबीच सम्बन्ध हुन्छ । यदि तपाईं आफ्ना कार्यहरू, आफ्ना भावनाहरू र आफ्नो जीवनका नतिजाहरू तथा अरू मानिसहरूको जीवनमा हुने आफ्नो प्रभावलाई सन्तुलनमा ल्याउन चाहनुहुन्छ भने, आफ्नो विचारमा सन्तुलन ल्याउनु एकदमै आवश्यक छ । यो सन्तुलन ल्याउनमा नाडी शुद्धिको भूमिका महत्त्वपूर्ण छ ।
-हामी जुन समयमा बाँच्छौं, हाम्रो जीवनशैली त्यसैको परिणाम हो- तर, जे वास्तविक छ, त्यो जीवन हो ।
-योग नमस्कार एउटा शक्तिशाली प्रक्रिया हो, जसले मेरुदण्डको छेउछाउमा रहेका मांसपेशीहरूलाई बलियो बनाउँछ अनि यसलाई सुदृढ गर्छ, जसकारण उमेर बढ्दै गर्दा मेरुदण्ड खिएर नसा च्यापिने समस्या हुन पाउँदैन ।
-यदि पहिल्यैदेखि नै समस्या सुरु भइसकेको छ भने पनि योग नमस्कार अभ्यासद्वारा तपाईं आफ्नो मेरुदण्डलाई पहिलेकै अवस्थामा फर्काउन सक्नुहुन्छ ।
-यो अभ्यासबाट पूरै प्रणालीमा बहुमुखी प्रभाव पर्दछ । योग नमस्कार आफैँमा एउटा सरल र सम्पूर्ण प्रक्रिया हो ।
-आध्यात्मिक साधनाहरूको उद्देश्य यही हो : सीमित अनुभवका ढाँचाहरू भत्काउने अनि व्यक्तिभित्र सार्वभौमिक सम्भावना उदय हुन दिने ।
-तपाईंले जीवनमा जतिसुकै चिजहरू संग्रह गरे पनि, जीवनको अन्त्यमा यहाँबाट सामान ढुवानी गरिदिने कुनै सुविधा छैन । सङ्ग्रह गर्ने भन्दा पनि जीवनलाई सही अर्थमा उन्नत र समृद्ध बनाउनेतर्फ अघि बढ्ने यही समय हो ।
-कुमको हड्डीहरूको बीचमा र माथिल्लो भागमा स्नायूतन्त्र र ऊर्जा प्रणाली विशाल मात्रामा फैलिएका हुन्छन् । त्यसैले, गर्दनलाई सही स्थितिमा राख्नु एकदमै आवश्यक छ । ३ देखि ४ मिनेटसम्म गर्दनका लागि यी अभ्यासहरू गर्नाले, तपाईंले यो स्पष्ट महसुस गर्नुहुनेछ कि तपाईं निकै बढी सर्तक रहनुहुन्छ अनि शरीरको आलस्य पनि हराउनेछ । स्नायुहरू विशाल मात्रामा पुनर्निर्माण हुन्छन् । स्मरण गर्ने र बौद्धिक पक्षमा तीक्ष्ण रहने क्षमता राम्रो हुन्छ ।
-तपाईं जसलाई सर्वोच्च ठान्नुहुन्छ, त्यसको खोज निरन्तर जारी राख्नुहोस् । त्यसको अन्तर्दृष्टि लिएर बाँच्नु आफैँमा माथि उठाउने अनुभव र आनन्ददायक प्रक्रिया बन्दछ ।
-पल्टिएको अवस्थामा जब तपाईं केही घण्टासम्म सुत्नुहुन्छ, तपाईंको जोर्नीमा चिल्लोपना ल्याउने पदार्थहरू स्थिर हुन थाल्छन् अनि तिनको सञ्चार हुँदैन । जब तपाईं ब्युझिनुहुन्छ, तपाईंको शरीरले यो चाहिरहेको हुन्छ कि पहिला तपाईं जोर्नीमा भएका ती पदार्थलाई सक्रिय गर्नुहोस् । यो गर्नका लागि हातहरूको दिशा सञ्चालन एउटा सरल तरिका हो । यसले मांसपेशीको कसरत पनि गर्छ, साथै कुनै चोट लाग्ने जोखिम हुँदैन ।
-यदि तपाईंले आफूलाई कृपाका लागि उपलब्ध बनाउनुभयो भने मात्र, कृपाले तपाईंमाथि केही यस्तो गर्न सक्छ, जुन तपाईं स्वयंले कहिल्यै गर्न सक्नुहुन्न ।
-तपाईं जे गर्न सक्नुहुन्न, तपाईंले त्यो गर्नुभएन भने, ठीकै छ । तर, तपाईं जे गर्न सक्नुहुन्छ, तपाईंले त्यो गर्नुभएन भने, तपाईंको जीवन दुर्भाग्यपूर्ण छ ।
प्रतिक्रिया