मंगलबार, वैशाख १८, २०८१

ढाड र कम्मर दुख्दा गर्नुपर्ने धनुराषन

डा. हेमराज कोइराला २०७८ चैत १३ गते २०:४१

जीवनको कनै न कुनै कालखण्डमा ढाड-कम्मर दुख्ने समस्याले तपाई हामी जो कोही पनि ग्रसित भएको हुनु पर्दछ। ढाड-कम्मर दुख्ने समस्या एक आम समस्या भएता पनि यसको कारण अनेक हुन सक्छन। ती कारणहरू मध्ये केही सामान्य एवं आम कारणहरू छन भने केही कारणहरू एदाकदा देखा पर्ने एवं विरलै घटित हुने कारणहरू छन्। आम कारणहरूमा मांशपेशीहरूको जकडन, ईन्टर-भर्टेब्रल-डिक्सको चोट-पटक, बल्ज, ढाडको हड्डि खिईने रोग, नसा च्यापिने रोग, साईटिका, स्पाईनल क्यानल सागुरिने रोग, अष्टियो पोरोसिस, ढाड बाङ्गिने जस्ता रोगहरू पर्दछन भने विरल कारणहरूमा ढाडको संक्रमण, कम्मरको हड्डिको टि.बी. एङ्ककोलाईजिङ्ग स्पोन्डाईलाईटिस, क्यानसर आदि पर्दछन। ढाड कम्मर दुख्ने समस्याको धेरै जस्तो अवश्थामा योग चिकित्साको विशेष भूमीका हुन्छ। त्यसमा पनि निम्मलिखित योग आसनहरूको अभ्यासले ढाड कम्मरको दुखाईबाट छुटकारा पाउन विशेष महत्व छ।

धनुराषन :
संस्कृत भाषामा धनुषलाई धनु भनिन्छ । यो आसनको अभ्यास गर्दा शरीर स्थिति तन्किएको धनुष जस्तो देखिने हुँदा यसलाई धनुराषन भनिएको हो ।

धनुराषन गर्ने विधि :
क) यो घोप्टो सुतेर गर्ने आसन भएकाले यो अभ्यासका लागि योगा म्याट वा चटाईमा घोप्टो परेर सुत्नुहोस् ।
ख) दुवै गोडाहरुलाई आपसमा जोड्नुहोस् र हातहरुलाई शरीर सँग टासाएर निधारले भुई छुनुहोस् ।
ग) अब विस्तारै लामो गहिरो श्वास लिदै दुवै गोडाहरु घुडाबाट मोड्दै दुवै हातले खुट्टाको गोलिगाँठाको आसपास समात्नुहोला ।
घ) अब लामो गहिरो श्वास लिँदै हात र खुट्टालाई अधिकतम तन्काएर माथि पुर्‍याउने कोशिश गर्नुहोला ।
ङ) यसरी तन्काउदा कम्मरभन्दा माथिको भागलाई पछाडी र कम्मर भन्दा मुनिको भागलाई माथि÷अगाडी तर्फ तन्काउनुपर्छ ।
च) अन्तिम अवस्थामा श्वासलाई सामान्य अवस्थामा रहन दिनुहोला।
छ) ३० सेकेण्ड जति स्थित रहे पछि पुन श्वास छोड्दै खुट्टा र कम्मर पट्टी सबैलाई विस्तारै छोड्दै जानुहोला र जमिन मिलाउनु होला ।
ज) अव हात र गोडा सिधा पार्दै यसै अवस्थामा रहनु होला ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया