शनिबार, जेठ ४, २०८२

डोटीको झिमे मालिका माविलाई झोला सहयोग

नेपालखोज २०७८ माघ १८ गते ३:००

डोटी । एसएस फाउन्डेशनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ । डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गरेका हुन् ।

एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेशनले जनाएको छ ।

प्रतिक्रिया