सामुदायिक वन उपभोक्ता महासंघका १४ पदाधिकारी प्रहरी नियन्त्रणमा
नेपालखोज
२०७८ माघ १८ गते ११:१०

काठमाडौं । वन परिसर बबरमहलमा प्रदर्शन गर्ने सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)का अगुवाहरूलाई प्रहरीले नियन्त्रण लिएको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका प्रदर्शनकारीहरू भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएका छन् । प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अधिकांश फेकोफनका पदाधिकारी छन् । फेकोफनले बन नियमावलीको मस्यौदा सामुदायिक वन अधिकारविरोधी भएको निष्कर्ष निकाल्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया