मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुन: २१ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ माघ २० गते १३:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुुन २१ रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ फागुन चार गतेदेखि २०७९ फागुन चार गतेसम्मका लागि उक्त परिमाणमा रकम राख्न लागेको हो ।

मुुद्धती निक्षेपकोरुपा राखिने कुुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १६ करोड ८० लाख, विकास बैंकहरुको लागि तीन करोड १५ लाख र फाइनान्स कम्पनीहरुको लागि १ करोड ५ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही माघ २३ गते अपरान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको र तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया