नयाँ भेरियन्ट ‘नियोकोभ’ का कारण संसार चिन्तित !

काठमाडौं । अहिले संसारका प्रमुख चिकित्सक तथा वैज्ञानिकहरुको चिन्ता बढेको छ र यसको कारण ओमिक्रोनपछि देखापरेको कोरोनाको नयाँ भेरियन्ट ‘नियोकोभ’ भएको बताइएको छ ।
चीनको वुहान विश्वविद्यालय तथा चाइनिज एकेडमी अफ साइन्सेज इन्स्टिट्युट अफ बायोफिजिक्सका वैज्ञानिकहरुले यो नयाँ भेरियन्ट पत्ता लगाएका हुन् । चिनियाँ वैज्ञानिकहरुका अनुसार यो भाइरस दक्षिण अफ्रिकामा फेला परेको हो । विश्व स्वास्थ्य संगठनले नियोकोभका बारेमा विस्तारपूर्वक अध्ययन गरिनुपर्ने आवश्यकता औंल्याएको छ । नियोकोभ सार्स-सीओभी-टू जस्तै कोरोना भाइरसको एक भेरियन्ट भएको बताइएको छ ।
के हो नियोकोभ ?
चिनियाँ शोधकर्ताहरुले यो नयाँ कोरोना भाइरस नियोकोभ निकै संक्रामक हुनुका साथै यसको मृत्युदर पनि उच्च रहने चेतावनी दिएका छन् । कोरोना भाइरसको यो भेरियन्ट मर्स-सीओभी भाइरससँग जोडिएको बताइन्छ । यो सार्स-सीओभी-टू जस्तै एक किसिमको भाइरस हो । यद्यपि यो भाइरस पहिलोपटक २०१२ मा साउदी अरबमा पहिचान गरिएको थियो ।
शोधअनुसार नियोकोभमा मर्स-कोरोना भाइरसको मृत्युदर उच्च हुनसक्छ । सार्स-सीओभी-टूको यो भेरियन्ट निकै तीव्र गतिमा फैलन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, मर्स-सीओभी कोरोना भाइरसको ठूलो परिवारसँग सम्बन्धित छ । यसका कारण सामान्य सर्दी-खोकी तथा सार्स (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) सहित अन्य कैंयन् बिमारी हुन सक्छ । वुहान विश्वविद्यालय तथा चाइनिज एकेडमी अफ साइन्सेज इन्स्टीट्यूट अफ बायोफिजिक्सका वैज्ञानिकहरुले नियोकोभका सम्बन्धमा खोज-अध्ययन गरेका छन् । यो भाइरस मर्स-सीओभीसँगै विकसित भएको तथा दक्षिण अफ्रिकाका चमेराहरुमा पाइएको बताइएको छ । यो भाइरस पहिले पशुमै देखिएको थियो ।
यो नयाँ भेरियन्ट भने होइन, मर्स-सीओभी भाइरस ज्वरो, खोकी तथा सास फेर्न समस्याजस्ता लक्षणका दृष्टिले सार्स-सीओभी-टू जस्तै छ । यो २०१२ तथा २०१५ मा मध्य-पूर्वी देशहरुमा फैलिएको थियो । यसको संक्रमणका कारण त्यहाँ कैंयन् मानिसको मृत्युसमेत भएको थियो ।
चिनियाँ शोधअनुसार मर्स-सीओभी बिटा-सीओभी (मर्बेको भाइरस) को वंश सीसँग सम्बन्धित छ । यसबाट लगभग ३५ प्रतिशत बिरामीको मृत्यु हुने तथ्यका कारण वैज्ञानिकहरु डराएका हुन् । यसलाई उनीहरुले एउटा ठूलो खतरा मानेका हुन् । शोधकर्ताहरुका अनुसार पूर्वसंक्रमण वा कोरोना भाइरसविरुद्धको खोपका कारण विकसित प्रतिरक्षाले नियोकोभ तथा पीडीएफ-२१८०-सीओभीको संक्रमणबाट जोगाउन सक्दैन ।
मर्स-सीओभीको रोकथाम तथा उपचार
विश्व स्वास्थ्य संगठनका अनुसार हाललाई नियोकोभविरुद्ध कुनै खोप वा विशिष्ट उपचार उपलब्ध छैन । यद्यपि मर्स-सीओभीविरुद्धको खोप तथा उपचारमा काम भने भइरहेको छ ।
यसबाट जोगिन सामान्य सावधानीका रुपमा खेत, बजार वा अन्य स्थान जहाँ ड्रोमेडरी उँट अथवा अन्य जनावर हुन्छन् उनीहरुलाई छुनुभन्दा पहिले तथा छोएपछि अनिवार्य रुपमा हात धुनेसहितको स्वच्छताको उपाय अवलम्बन गर्नुपर्छ । साथै रोगी जनावरहरुको सम्पर्कबाट पनि जोगिनुपर्छ ।
दूध तथा मासुसहित काँचो वा आधा पाकेको पशु उत्पादनको सेवनले विभिन्न प्रकारका जीवको संक्रमणको जोखिम हुन्छ । खाना पकाउने वा पाश्चराइजेसनका माध्यमले उचित रूपले प्रशोधित पशु उत्पादन मात्र उपभोगका दृष्टिले सुरक्षित मानिन्छ ।
जबसम्म मर्स-सीओभीका बारेमा थप जानकारी प्राप्त हुँदैन तबसम्म मधुमेह, मिर्गौला काम नलाग्ने, फोक्सोका पुराना रोगी तथा प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिहरुले विशेष सावधानी अपनाउनु पर्नेछ । किनभने मर्स-सीओभीको संक्रमण यी रोगीलाई बढी खतरनाक मानिएको छ । यस्ता मानिसले जनावरहरुको सम्पर्कमा आउने, काँचो दूध पिउने तथा राम्रोसँग नपाकेको मासु खाने काम गर्नु हुँदैन ।
प्रतिक्रिया