मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकद्वारा अन्तरआबद्धता सेवा लागु गर्न निर्देशन

नेपालखोज २०७८ माघ २१ गते २१:१३

काठमाडौं । नेपाल राष्ट्र बैकले अन्तरआवद्धता सेवाल लागु गर्न निर्देशन दिएको छ । आज सञ्चालनमा रहेका अनुमतीपत्र प्राप्त सबै भुक्तानी सेवा प्रदायकको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिईएको राष्ट्र बैकले जानकारी दिएको छ ।

यो व्यवस्था अन्र्तगत कुनै पनि अनुुमतिपत्र प्राप्त संस्थाको प्रणाली, संयन्त्र वा उपकरणलाई अनुमती प्राप्त अन्य संस्थाको प्रणाली वा संयन्त्र वा उपकरणसंग बिना अवरोध संयोजन गराउन सहयोग गर्ने व्यवसायीक, प्राविधिक तथा कानुनी व्यवस्था गर्नु पर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो अन्तरआवद्धताले भुक्तानी सेवाका सहभागीलाई कुनै एउटा प्रणालीको सदस्य भई सोही प्रणालीमार्फत अन्य प्रणालीसँग सुचना आदान प्रदान गर्न एवं वित्तीय तथा भुक्तानी कारोबारको समाशोधन र फस्र्योट गर्न सघाउँदछ ।

हालको लागि यो व्यवस्था अनुमती प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुबाट सञ्चालित साना मुल्यका भुक्तानी उपकरण तथा सेवा जस्तै मोवाईल बैंकिङ, मोवाईल वालेट, क्युआर कोड आदिमा लागु हुनेछ ।

यो व्यवस्था अन्र्तगत अन्तर आवद्धता कायम गर्दा अनुमती प्राप्त संस्थाले एक आपसमा सम्झौता गर्न सक्नेछन् । यस्तो सम्झौता भएपछि कुनै वालेट जस्तै इ-सेवाबाट अर्को वालेट खल्तीमा पैसा पठाउन सकिनेछ । राष्ट्र बैंकका अनुसार यो परिपत्र जारी भएको दिन अर्थात् यही माघ २१ गतेको मिति छ, महिनाभित्रमा कम्पनीले यो व्यवस्थालाई पुर्णरुपमा कार्यान्वयनमा ल्याईसक्नु पर्नेछ ।

प्रतिक्रिया