मंगलबार, वैशाख २५, २०८१

प्रा. यदुनाथ खनाललाई सम्झँदै !

दिनेश अधिकारी २०७८ माघ २२ गते ८:३७

वि.सं. १९७० साल साउन २८ गते तनहुँको मानुङ गाउँमा जन्मनुभएका प्राध्यापक/सरदार यदुनाथ खनाल नेपालको कूटनीति, प्रशासन, प्राध्यापन मात्र होइन साहित्यको क्षेत्रमा पनि उत्तिकै सम्मानका साथ लिइने नाम हो । मूलतः समालोचकको रुपमा प्रसिद्धि कमाउनुभएका खनालका समालोचनाको सिद्धान्त, २००३, सूक्ति सञ्चय (संस्कृत कविता) २०३२, साहित्यिक चर्चा, २०३४, लगायतका पुस्तक प्रकाशित छन् । यस्तै प्रशासन र कूटनीतिसँग सम्बन्धित अंग्रेजी भाषामा पनि उहाँका केही पुस्तक प्रकाशनमा आएका छन् ।

उहाँले २०५५ सालमा संस्कृत भाषाका साहित्यकार पण्डितराज जगन्नाथद्वारा लिखित ‘भामिनी विलास’ को नेपाली अनुवाद पनि प्रकाशनमा ल्याउनुभएको छ ।

संस्कृत, नेपाली र अंग्रेजी भाषामा उत्तिकै पकड राख्नु हुने खनालले कानुनमा महाविद्यावारिधिको उपाधि हासिल गर्नुभएको थियो ।

२०६१ असोज १६ गते बानेश्वर, काठमाडौंमा दिवंगत हुनुभएका प्राध्यापक खनालसँगको मेरो यो तस्बिर ६ असार, २०५८ का दिन काठमाडौंस्थित होटल याक एन्ड यतिमा सम्पन्न एउटा कार्यक्रममा लिइएको हो ।

No description available.

प्रतिक्रिया