परिस्थिति
सुगमले विदेशमा आफ्नै कम्पनीमा काम गर्ने एक नेपाली केटीलाई ज्यादै मन परायो । ऊ पाँच वर्षपछि नेपाल फर्कियो । केटी पनि सङ्गै फर्की । सबैलाई अनुकूल हुने दिन ठहराएर केटा र केटी पक्षको भेट भयो । दिउँसो कुरा सकारात्मक नै भए पनि बेलुकी उसकी आमाले बिहेको कुरा अस्वीकार गरी ।
अन्तिममा आएर निर्णय परिवर्तन भएकोमा सबैजना छक्क परे । सुगम भने आमासँग खुब रिसायो र उसले कारण जान्न चाह्यो । ‘आमा ! तपाईंले किन निर्णय बदल्नुभयो ? केटी मन परिन ?’ अहँ ‘सुमनको प्रश्नमा आमाको छोटो उत्तर आयो ।’ कि केटी मभन्दा ३ वर्ष जेठी भई भनेर ?’ सुमनको प्रश्नमा फेरि पनि आमाले छोटो जवाफ दिइन् , ‘म पनि तेरो बाबाभन्दा दुई वर्ष जेठी छु ।’
‘त्यसो भए सम्पत्ति आउँदैन भनेर ?’ सुमन अलि कड्कियो ।’ आफ्नो भएको सम्पत्ति त के गर्नु ?’ आमाले प्रतिप्रश्न गरिन् । ” उसो भए किन त ?” सुमन झन् कड्कियो ।’ ऊ मेरो पहिलाको श्रीमानपट्टिकी छोरी हो, जसलाई एक वर्ष नि नपुगी छोडेर म तेरो बाबासँग भागेको थिएँ ।’
प्रतिक्रिया