शुक्रबार, वैशाख २८, २०८१

निष्ठूर सत्य !

गुरुराज घिमिरे २०७९ साउन ७ गते ७:००

एउटा निरिह
फूलको बोट !
न हिड्न सक्छ, न दगुर्न
न बोल्न सक्छ, न हाँस्न
न रुन सक्छ, न कराउन
सबैले सुन्दर भन्छन्
प्रशंसा गर्छन् उसको
उसले छरेको सुवासको
बखान गर्छन् सबै
उसका पात र डाठहरु
राम्रा लाग्छन् रे सबैलाई
उसका फक्रिएका कोपिला
प्रकृतिका अनुपम उपहार
मादक अनि साच्चै मनमोहक
शरिरभरी उम्रिएका काँढाको पनि
खिसीट्युरी छैन पटक्कै
खुला आकाशमुनि बसेर
चर्को घाम पानी सहेर पनि
चित्ताकर्षक हुनुपर्ने
कठैबरा ! उसको नियति
प्रकाश, बतास, माटो र पानी
उसको जीवन
उच्छवास, सुस्केरा र प्यास
उसको दिनचर्या
असिना, धुलो र हुण्डरी
उसको सहवास
न कुनैं पदक छ,न उपहार
फगत मृत्युको प्रतिक्षा
उफ ! उसको भाग्य !
फूलको बोट
जिन्दगीको निष्ठूर सत्य !!

प्रतिक्रिया