कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

नेपालखोज २०७८ माघ २३ गते १२:२५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले कर्मचारीलाई पुनः तोकता गरेको हो ।

मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पत्ति विवरण बुझाउन ताकेता गरेको हो । ०७८/०७९ को सम्पत्ति विवरण पटक-पटक मौखिक र लिखित रुपमा बुझाउन अनुरोध गर्दा समेत प्राप्त नभएकाे मन्त्रालयले बताएकाे छ ।

राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा प्रतिवेदन पठाउन वाधा परेकाले अनिवार्य रुपमा मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने (email–id–admin@mohp–gov.np) मा इमेल गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया