फागुन १ देखि विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

नेपालखोज २०७८ माघ २३ गते १८:२९

काठमाडौं । आगामी फागुन १ देखि विद्यालय खोल्न कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।

कोभिडको तेस्रो लहरको जोखिम बढेको भन्दै माघको पहिलो सातादेखि विद्यालय बन्द गर्न सीसीएमसीसीले सिफारिस गरेको थियो । सरोकारवालाहरुले भने जनस्वास्थ्यका मापदण्ड पालना गरि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया