मंगलबार, असार २४, २०८२

अन्तर्राष्ट्रिय चेन सैलुन हेयर एण्ड शान्तिको नयाँ शाखा दरवार मार्गमा सुरु

नेपालखोज २०७८ माघ २३ गते २३:५५

काठमाडौं । अन्तराष्ट्रिय चेन सलुन ‘हेयर एण्ड शान्ति युनिसेक्स’ सैलुनको २७औं शाखा काठमाडौंको दरवारमार्ग स्थित दरवार मलको पहिलो तलामा सुरु भएको छ । सैलुनको नेपाल उद्योग वाणिज्य संघको पुर्व अध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै) ले उद्घाटन गरेका हुुन् ।

नेपालको १०औं शाखा रहेको युनिसेक्स सैलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर, पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सन्चालक सरु थापाले बताइन् ।

सैलुनको नयाँ शाखा १४ सय बर्गफिट फराकिलो रहेको छ । आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरु गरिएको सैलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन् ।

व्यवसायीहरु सरु थापा, दुर्गा प्रसाद सुबेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सैलुन सुरु गरेका हुन् । ग्राहकको छाला र कपालको संबेदनसिलतामा ख्याल गर्दै विश्व बिख्यात सौन्दर्य प्रसाधनको प्रयोग गरिने संचालकको दाबी छ । २२ बर्ष अगाडी चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सैलुनको सुरुवात गरेकी हुन् ।

प्रतिक्रिया