काठमाडौं उपत्यकामा जारी जोर-बिजोर प्रणाली आजबाट हट्यो

नेपालखोज २०७८ माघ २४ गते ७:०७

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाइएको छ । हिजाे बसेको प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले राति १२ बजेदेखि लागू हुनेगरी सवारी साधनामा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

त्यस्तै, हिजै बसेको सीसीएमसीसीको बैठकले पनि जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरूले नयाँ आदेश जारी गर्दै आजदेखि जोर-बिजोर प्रणाली हटेको जानकारी गराएका छन् ।

काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा यसअघि नै जोर-बिजोर प्रणाली हटिसकेको थियो भने ट्याक्सी र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली कायमै थियो ।

प्रतिक्रिया