चौबीस घण्टामा ६ हजार १४६ डिस्चार्ज, थप १ हजार ५७० जनामा कोरोना

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ६ हजार १४६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा नेपालमा थप १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४८ जना गरी कुल १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८२७ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट जम्मा १ लाख ७८ हजार ५७९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया