डलरमा खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्छ : पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन् । कृषी मन्त्रालयमा सोमबार भएको छलफलमा उनले दीर्घकालिन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन् ।
लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । उनले भनिन्, ‘देशभित्र ऊर्जाको ?पमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुपुपर्छ । हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यहीभित्र नाफा, व्यापार खोजौँ । मेरो विनम्र आग्रह छ ।’

जलविद्युत प्रयोग गरेर मलकारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा मन्त्री भुसालले जोड दिइन् । उनले भनिन्, ‘हामी आवश्यकता अनुसारको विद्युत उपलब्ध गराउन तयार छौं । जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत दिन तयार छौं । ऊर्जाकै कारणले मल महङ्गो हुने स्थिती आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ ।’
डलरमा खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भनिन्, ‘हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावि पुस्ता, दीगो विकास लक्ष्य, विश्व सामु हामीले गरेका प्रतिवद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ ।’

प्रतिक्रिया