स्थानीय तह चुनावसँगै अरु के-के भए निर्णय (सूचीसहित)
नेपालखोज
२०७८ माघ २५ गते १६:५४

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आज सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरे ।
निर्वाचनले आयोगसँगको परामर्शपछि मन्त्रिपरिषदले निर्वाचनको मिति तय गरेको थियो । सरकारले धितोपत्र दर्ता तथा निस्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण पहिलो संशोधन नियमावली २०८ र डिजिटल प्रणालीबाट नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया