कोभिड जाँच अब ४ मिनेटमै !

सांघाई । कोरोना महामारीबीच एउटा राहतको खबर आएको छ कि अब यसको जाँच केबल ४ मिनेटमै सम्भव छ ।
कोरोनाको संक्रमणमा यसको जाँच निकै महत्त्वपूर्ण हुन्छ । यात्राको कुरा होस् वा संक्रमण बढेका बेला होस् कोरोना संक्रमणको जाँच अनिवार्य जस्तै हुन्छ । यो रोगको जटिलता एवं गाम्भीर्यलाई हेर्दा हामी सबैलाई यसको जाँच र सुनिश्चितता अत्यावश्यक कुरा भएको छ ।
कोरोनाको लक्षणको गम्भिरता समयमा पत्ता लगाइएन भने त्यसले हाम्रो जीवन मै खतरा पैदा गर्छ । यस क्रममा कोरोनाको जाँच एउटा जटिल प्रक्रियाका रुपमा रहँदै आएको छ । यद्यपि अहिले चिनियाँ वैज्ञानिकहरुले के दाबी गरेका छन् भने उनीहरुले कोरोना भाइरसको एउटा नयाँ टेस्टिङ किट विकसित गरेका छन् जसले पीसीआर ल्याब टेस्टजस्तै रिजल्ट केवल चार मिनटमै दिन्छ ।
पोलिमरेन्ज चेन रिएक्सन (पीसीआर) टेस्ट कोरोना भाइरसको संक्रमण पत्ता लगाउने सबैभन्दा सटिक तथा संवेदनशील उपाय हो । यद्यपि यसको परिणाम आउन कैंयन् घण्टा लाग्छ । सांघाईस्थित फुडन विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अब उनीहरुले यसको समाधान पनि खोजेका छन् । नेचर बायोमेडिकल इन्जिनियरिङ जर्नलमा प्रकाशित एक लेखमा उल्लेख भएअनुसार अनुसन्धान टिमले भनेको छ- यो सेन्सरले स्वाबबाट जेनेटिक मटेरियल विश्लेषण गर्न माइक्रोइलेक्ट्रोनिकको उपयोग गर्छ । यसको प्रयोगबाट कोभिडको ल्याब टेस्टको समय निकै कम गर्न सकिन्छ ।
टिमका अनुसार ‘हामीले एकीकृत तथा पोर्टेबल प्रोटोटाइप डिभाइसमा सार्स कोभ-टू (SARS-CoV-2) पत्ता लगाउन एउटा इलेक्ट्रोम्याकेनिकल बायोसेन्सर इम्प्लान्ट गरेका छौं जसबाट चार मिनेटभन्दा कम समयमा भाइरस पत्ता लगाउन सकिन्छ । यस्तो परीक्षण संक्रमण तत्काल पत्ता लगाउन, समयको बचत गर्न तथा संक्रमित व्यक्तिलाई छिटोभन्दा छिटो उपचार सेवा प्रदान गर्न सहायक हुनेछ ।’ समाचारमा यो जाँचका लागि हुने खर्च तथा यो किट कहिलेसम्म बजारमा उपलब्ध हुनेछ भन्ने विषयमा केही बताइएको छैन । यो किटका सम्बन्धमा जाँचबुझ गरी बिश्व स्वास्थ संगठनले यसलाई मान्यता प्रदान गर्ने प्रक्रिया पूरा गर्न पनि बाँकी नै छ ।
प्रतिक्रिया