स्थानीय तह चुनावमा विद्युतीय मेसिन प्रयोग गर्ने/नगर्ने ?

नेपालखोज २०७८ माघ २६ गते १३:४७

काठमाडौं । निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञसँग आज दिउँसो छलफल गर्ने भएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत भोट गर्ने सम्भावनाबारे विज्ञसँग छलफल गर्न लागेको हो ।

विज्ञसँग परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको हो । स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग गर्ने सम्भावना छ कि छैन भनेर सामान्य छलफल गर्न लागेको बताइएकाे छ ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भने नभएकाे आयाेगले बताएकाे छ । आयाेगले भन्याे- ‘नेपाल सरकारका विभिन्न क्षेत्रका आइटी र सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेका हाैँ ।’

बैठकमा यसका चुनौतीका विषयमा पनि छलफल हुने छ । सबै ठाउँमा मेसिनमार्फत चुनाव गर्ने कि केही ठाउँमा गर्ने छलफल हुनेछ ।

प्रतिक्रिया