तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना, बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

नेपालखोज २०७८ माघ २७ गते ६:२१

काठमाडाैं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ भने प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया