शुक्रबार, जेठ ३, २०८२

अब नाकबाट लिइने कोरोना भ्याक्सिन !

नेपालखोज २०७८ माघ २८ गते १५:३२

टोरन्टो (क्यानाडा) । क्यानाडाको म्याक मास्टर विश्वविद्यालय (McMaster University) का वैज्ञानिकहरुले नाकका माध्यमबाट लिइने कोभिड-१९ विरुद्धको खोप विकसित गरेका छन् । यो खोपले कोरोना भाइरसका सबै स्वरूपका विरुद्ध व्यापक तथा दीर्घकालीन सुरक्षा प्रदान गर्ने बताइएको छ । टेस्टका दौरान गरिएको अध्ययनमा यसको प्रभावकारिता पुष्टि भएको बताइएको छ ।

श्वास नलीबाट लिइने औषधि लाभकारी
शोध पत्रिका ‘सेल’ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार परम्परागत इन्जेक्सनको साटो सीधै श्वास नलीबाट लिइने खोपका कैंयन् फाइदा छन् । इन्जेक्सनबाट लिइने पारम्परिक औषधिको तुलनामा नाकबाट लिइने यो औषधि सीधै फोक्सो तथा श्वास नलीसम्म पुग्छ जहाँबाट भाइरस शरीरमा प्रवेश गर्छ ।

यो अध्ययन पशुलाई म‍ोडल बनाएर गरिएको हो । अहिले स्वस्थ तथा वयस्क पशुमा श्वासका माध्यमबाट एरोसोल खोप दिई त्यसको मूल्यांकन गरिएको छ ।

म्याक मास्टर विश्वविद्यालयका प्रोफेसर जिङ भन्छन्, ‘हामीले कैंयन् वर्षको अनुसन्धानबाट यो कुरा पत्ता लगाएका हौं कि सीधैं फोक्सोमा पुग्ने औषधिले श्वाससम्बन्धी श्लेष्मा प्रतिरक्षालाई प्रेरित गर्छ । इन्जेक्सनको तुलनामा यो बढी प्रभावकारी छ ।’

प्रतिक्रिया