शनिबार, जेठ ४, २०८२

पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने विषयमा छलफल

नेपालखोज २०७८ माघ २९ गते १८:४८

काठमाडौं । वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यालय सुन्धारामा आज पूर्वअर्थमन्त्री फोरमको बैठक बसेको छ ।

बैठकमा सहभागी पूर्वअर्थमन्त्रीहरुलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले स्वागत गरेका थिए । बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा छलफल गरिएको थियो ।

साथै बैठकमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा पनि छलफल भएको थियो ।

बैठकमा पूर्वअर्थमन्त्रीहरु डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको फोरमका सदस्य-सचिव विमल केडियाले जानकारी दिए ।

प्रतिक्रिया