‘नेपाल राष्ट्रिय-अन्तर्राष्ट्रिय दलालको क्रिडास्थल बन्न थाल्यो’

काठमाडौं । नेकपाका अध्यक्ष आलोक रायमाझीले २७ औं जनयुद्ध दिवसको अवसरमा संसारभरिका नेपाली जनसमुदायलाई शुभकामना दिएका छन् । महान जनयुद्दमा बहादुरीपूर्वक सहभागी भएर बलिदान दिने महान शहिद, वेपत्ता योद्दा, घाइते योद्दा र परिवारजन प्रति उच्च सम्मान प्रकट गरेका छन् ।
पूर्व माओवादी पहिचान बोकेका क्रान्तीकारी शक्ति एकताबद्द भएर भुमण्डलीकृत वित्तीय एकाधीकार पुँजीवाद, भारतीय तथा अमेरिकी साम्राज्यवाद, घरेलु पुँजीवादी उपभोक्तावादी संस्कृतीको कुप्रभाव, पश्चगामी, प्रतिगामी, प्रतिकृयावादलाई ध्वस्त पार्न र महान जनयुद्दका बाँकी कार्यभार पूरा गर्नका निम्ति पनि एउटा क्रान्ति फेरी समयले माग गरेकोअध्यक्ष रायमाझीले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरे ।
उनले माओवादी पहिचान बोकेका क्रान्तिकारी शक्त्ति एकतावद्द हुँदै अगाडि बढ्नको निम्ती सचेततापूर्वक, इमानदार प्रयत्न समेत गर्ने प्रतिवद्दता व्यक्त्त गरेका छन् । उनले भने, ‘दुरगामी प्रभाव राख्ने जनयुद्द इतिहास, वर्तमान र भविस्यमा समेत औचित्य पुष्टी हुने महान परिवर्तनकारी क्रान्ति थियो । नेपाल राष्ट्र, राष्ट्रिय-अन्तर्राष्ट्रिय दलालको क्रिडा स्थल बन्दै गएको छ ।’
भुमण्डलिकृत वित्तीय एकाधिकार पूँजीवाद, भारतिया तथा अमेरिकी साम्राज्यवाद, घरेलु पुँजीवादी उपभोक्तावादीहरु संस्कृतिको कुप्रभाव, पश्चगामी, प्रतिगामी, प्रतिकृयावादलाई ध्वस्त पार्न र महान जनयुद्दका बाँकी कार्यभार पूरा गर्नका निम्ती एउटा क्रान्ति माग गरेको उनले बताए । उनले भने, ‘रास्ट्रघाति परियोजनालाई जवर्जस्ती थोपर्न खोज्ने अमेरिकी दादागिरीविरुद्द राष्ट्रिय स्वाधिनता र नेपाली विशिष्टताको मौलिक समाजवाद स्थापित गर्न देशभक्त राष्ट्रिय स्वाधिनताको आन्दोलन गरौं । अन्त्यमा, स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपालीजनलाई २७ औं जनयुद्द दिवसको बधाई तथा शुभकामना ब्यक्त्त गर्दछु ।

प्रतिक्रिया