मंगलबार, वैशाख १६, २०८२

निक्षेपमा वृद्धि गरिएको ब्याजदर सम्बन्धमा चेम्बरको ध्यानाकर्षण

नेपालखोज २०७८ फागुन १ गते १९:२१

काठमाडौं । नेपाल चेम्बर अफ कर्मशले निक्षेपमा वृद्धि गरिएको व्याज दर सम्वन्धमा ध्यानकर्षण भएको जनाएको छ । चेम्वरले आइतबार बिज्ञप्ती जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा हालै गरिएको व्याज दर प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

आयातित वस्तुहरुमा एलसीबाट हुने कारोवारमा सतप्रतिशत नगद मार्जिन राख्नु पर्ने प्रावधानले व्यावसायीक क्षेत्रलाई चुनौति सृजना भइ रहेको परिप्रेक्षमा हाल आएर निक्षेपमा दिइने ब्याज दर वृद्धिले थप चुनौति सृजना भएकोे चेम्बरले जनाएको छ । यसबाट समस्तनिजी क्षेत्र आफ्नो व्यवसाय संरक्षण गर्न नसक्ने अवस्थामा रहेका छन, चेम्वरले भनेको छ ।

कोभिड १९ को महामारीले सवै उद्यमी व्यवसायीहरु घरेलु, साना, मझौला तथा ठूला उद्योगहरु आक्रान्त भएको वेला व्यवसायिक गतिविधीलाई शिथिल बनाउने गरी ल्याइएको व्याजदर वृद्धिले वित्तीय संस्थालाई मात्रै फाईदा पुग्ने भएको चेम्वरको दावी छ । आयातलाई व्यवस्थित गरि निर्यात प्रर्वद्धन गर्नुपर्ने र रेमिट्यान्सको चुहावटलाइ रोक्नु पर्ने बेलामा व्यवसायलाई प्रतिकूल हुने गरी लागू गरिएको वैकिड तथा मौद्रिक नीतिले आपूर्तिमा थप समस्या निम्त्याउने, तथा कालान्तारमा यसले बस्तुहरुको उपभोग्य मुल्य बढाउने र प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भइ निर्यात उद्योग धराशायी हुने र राजश्वमा समेत प्रतिकूल असर पर्ने भएकाले यस तर्फ समयमै केन्द्रीय वैंकको ध्यानाकर्षण हुन अति जरुरी छ, चेम्वरले भनेको छ ।

यस सन्दर्भमा ब्याजदर वृद्धिबाट दीर्घकालीनरुपमा मुलुकको अर्थतन्त्रलाइनै समस्याग्रस्त पार्ने र तरलता समस्या समाधानका वैकल्पिक उपाय हुदाहुंदै व्याजदर वृद्धि मार्फत तरलताको दीर्घकालीन समाधान नहुने भएकोले नेपाल सरकारले पुंजीगत खर्च वढाउन कडा कदम चाल्नु पर्ने चेम्वरको धारणा रहेको छ । तसर्थ नयां व्याजदर कार्यान्वयन नल्याउन नेपाल चेम्वर अफ कमर्स जोडदार माग गर्दछ, चेम्बरले भनेको छ ।

प्रतिक्रिया