सभामुखले बोलाएको बैठकमा एमाले नजाने, प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले महाअभियोग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले सभामुखले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि बैठक बसेको हो । एमाले बैठकले सभामुखलाई बहिस्कार गर्ने रणनीति अघि बढाउने बुझिएको छ । सभामुखले कारबाही गरेका १४ सांसद्लाई नहटाएसम्म एमालेले प्रतिनिधिसभा बैठकमा विरोध जनाउने कार्यलाई निरन्तरता दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् ।
तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने भएको छ । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नहुने बैठकको निस्कर्ष छ ।
एमालेले पनि गैरसांसदलाई पदमुक्त गर्न वा सभामुखले मार्गप्रशस्त गर्न माग गर्दै आएको छ । सरकारले एमसीसी संसद्मा लैजाने बताइरहँदा एमालेले भने संसद्मा विरोध कायमै राख्ने जनाएको छ । यो अवस्थाले एमसीसीलाई अन्योलको बाटोतर्फ धकेलेको छ ।

प्रतिक्रिया