शनिबार, जेठ ४, २०८२

ग्लोबल आईएमईको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

नेपालखोज २०७८ फागुन ३ गते १३:०७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखा जिल्लाको सिरानचोक गाँउपालिका ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दे सिरानचोक शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकको ५०औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् । सबैका लागि बैंक भन्ने नाराका साथ २८ लाखभन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दे आइरहेको ग्लोबल आईएमईले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया