सत्ता गठबन्धनको बैठक बस्दै

नेपालखोज २०७८ फागुन ५ गते १०:०२

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (बिहीबार) दिउँसा बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा निर्णायक छलफल हुने बुझिएको छ ।

दिउँसो तीन बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी साझा धारणा बनाउने प्रयास हुनेछ । भोलि (शुक्रबार) प्रतिनिधिसभामा एमसीसी टेबुल गर्ने तयारी छ ।

(हिजो) बुधबार प्रतिनिधिसभामा एमसीसी टेवुल गर्ने तयारी भए पनि दलहरुबीच सहमति कायम हुन नसकेपछि काम अघि बढ्न सकेन ।हिजो एमसीसी संसदमा टेवुल गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएअनुसार आज बैठक बस्न लागेको हो ।

प्रतिक्रिया