बेलायतबाट फर्केका विनयले खोले ‘कोसेली थकाली’

काठमाडौं । ०६० को दशक सुरु भएसँगै नेपाली युवा–यवतीहरू लाखौंको संख्यामा पढ्न, काम गर्न अथवा अवसरको खोजीमा विदेशिए । खासगरी देशमा व्याप्त राजनीतिक भद्रगोल, गरी खाने वातावरणको कमी र बेरोजगारीले धेरै युवा बाहिरिए । त्यसरी बाहिरनेमध्येका एक हुन् निजगढ घर भई काठमाडौं बसोबास गर्दै आएका विनय गौतम । ३५ वर्षीय विनय आजभन्दा १३ वर्षअघि पढ्न र केही अवसरको खोजीमा बेलायत छिरेका हुन् ।
उनले खासगरी बेलायतमा पढ्ने र होटल रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे । उनी भन्छन्, ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठूलो भनिन् ।’
काठमाडौंको शंखमूलस्थित आलोकनगरमा ‘कोसेली थकाली’ नामको रेस्टुरेन्ट उद्घाटन गरेका विनयले भने, ‘बेलायतको अनुभवले अब उद्यमी भएँ ।’ उनले कोसेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा ९ जनालाई रोजगारी दिएको उनले बताए । चर्चित नेपाली थकाली ब्रान्डलाई प्रमोसन गर्ने हिसाबले थकाली रेस्टुरेन्ट खोलेको उनी सुनाउँछन् ।
भन्छन्, ‘अग्यानिक हिसाबको थकाली खाना र सेकुवा ‘कोसेली थकाली’ को मुख्य पहिचान हुनेछ ।’ त्यसका आलाव आफ्नो रेस्टुरेन्टमा ढिँडो, कालिजको मासु, खसीको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थलगायत नेपालमा चलिआएका धेरैजसो आइटम पाइने बताए । विनय भन्छन्, ‘हाम्रो रेस्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्ने छैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ ।
अग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफ्नो मूल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए । आफूलाई नेपालमा कमाउनुपर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफूलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटेल व्यवसाय थालेको उनले सुनाए ।

प्रतिक्रिया