तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो

नेपालखोज २०७८ फागुन ७ गते ६:४०

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।

आज (शनिबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकीमा मौसम सामान्यत: सफा रहनेछ । महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तो भोलि (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ । देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

साथै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया