सहमति खोज्न गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७८ फागुन ८ गते ८:३०

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहान १० बजे बस्ने बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताईएको छ ।
नेकपा एकिकृत समाजवादीको शनिबार बसेको बैठकले संसदमा एमसीसी टेबल गर्न दिने निर्णय गरेपछि सत्ता गठबन्धन तत्कालको लागि जोगिएको छ । तर, आफुहरुले उठाएका विषयमा परिमार्जन नगरेसम्म एमसीसीको पक्षमा मत हाल्न भने नसक्ने एकिकृत समाजवादीको अडान यथावत छ ।
अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएका कारण सरकार यतिबेला दबावमा छ । तर, सत्ता साझेदार दलहरू एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना न्यून छ । त्यसैले दलहरुको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया