शनिबार, वैशाख १३, २०८२

यात्रामा आरामदायी ‘नेक्सन’ र ‘टिगोर’

नेपालखोज २०७८ फागुन ८ गते १३:४९

काठमाडौं । सिप्रदीले अटोमोबाइल, लुब्रिकेण्ट, इनर्जी, वित्तीय संस्था तथा विभिन्न किसिमका व्यवसाय गर्ने गर्छ । वार्षिक १४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्ने कम्पनी स्रोतको भनाइ छ । सिप्रदीमा सातसय बढीले रोजगार पाएका छन् । कम्पनीमा उचित व्यवस्थापन छ । यस्तै गुणस्तरीय सेवा र कर्मचारीको आत्मीय व्यवहारका कारण व्यवसाय बढ्न टेवा मिलेको सिप्रदीको भनाइ छ ।

सिप्रदी ट्रेडिङ प्रालिले सन् १९८२ देखि टाटा मोटर्स अफ इन्डियाको आधिकारिक विक्रेताका रूपमा नेपालमा विक्रीवितरण गर्ने गर्छ । नेपालमा व्यावसायिक गाडीहरूमध्ये करीब ७१ प्रतिशत टाटाका छन् । यी गाडी सिप्रदीले नै बेच्ने गरेको छ ।सिप्रदी कम्पनीको विक्री तथा सर्भिस सेन्टर नेटवर्क नेपालकै ठूलो भएको मानिन्छ । देशभर यस कम्पनीका आठ ओटा विक्री कार्यालय, प्यासेञ्जर गाडीका १० सर्भिस सेन्टर तथा व्यावसायिक गाडीका १५ ओटा आधिकारिक विक्री केन्द्र छन् ।

यस यस कम्पनीले छुट्टै फाइनान्स विभाग पनि छ । सिप्रदीले खानेपानी व्यवस्थापन, वृक्षरोपण तथा शिक्षाक्षेत्रमा समेत विशेष सहयोग, ड्राइभिङ तालीम, ट्राफिक व्यवस्थापनलगायतका कामहरू गर्दै आएको छ ।यस कम्पनीले पछिल्लो समय विद्युतीय गाडी पनि बिक्री गर्ने गरेको छ । नेपाली बजारमा पनि इलेक्ट्रिक कारको बिक्री बढ्दै गएकाले यस कम्पनीको पनि ध्यान गएको हो । यस कम्पनीले विक्री गर्ने गाडी सुरक्षित इलेक्ट्रिक कारमा पर्दछन्, जुन आधुनिक ई–पेडल टेक्नोलोजीमा आधारित छन् ।

नेपालका ठूला व्यावसायिक कम्पनीमध्ये ‘सिप्रदी’ लाई एक मानिन्छ । सिप्रदीले अटोमोबाइल, लुब्रिकेण्ट, इनर्जी, वित्तीय संस्था तथा विभिन्न किसिमका व्यवसाय गर्ने गर्छ । वार्षिक १४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्ने कम्पनी स्रोतको भनाइ छ । कम्पनीमा उचित व्यवस्थापन छ । यस्तै गुणस्तरीय सेवा र कर्मचारीको आत्मीय व्यवहारका कारण कम्पनीको व्यवसाय बढ्न टेवा मिलेको छ ।

सिप्रदीले नेक्सन ब्रान्डको इलेक्ट्रिक गाडी बिक्रीमा ल्याएको छ । यो गाडी पनि टाटा मोटर्सद्वारा उत्पादित लक्जरिअस गाडी हो । टाटा मोटर्सले सब–कम्प्याक्ट इलेक्ट्रिक गाडी नेक्सन ईभी ल्याएको हो । नेक्सन ईभी कम्पनीको जिप्ट्रन प्रविधिमा आधारित छ । यो स्थायी एसी मोटरको साथ आउँछ, जुन बढी पावरको लिथियम आयन ब्याट्रीद्वारा संचालित हुन्छ । विद्युतीय पावरट्रेनले १२९ एचपीर २४५ एनएम पावर उत्पन्न गर्छ । विशेषता भनेको एक पटक चार्ज गरेपछि ३१२ किलोमिटरको अधिकतम दायरा प्रदान गर्ने गर्छ ।

बजारमा नेक्सन गाडी तीन प्रकारका छन् । एउटाको मूल्य ३६ लाख ९९ हजार, अर्काको ३८ लाख ९९ हजार र अर्काको मुल्य ४० लाख ९९ हजार रुपैयाँ छ । यो गाडी रोड परीक्षणमा पनि विभिन्न भूभागको सडकको अवस्थाहरुमा सराहनीय किसिमले गुड्ने गरेको छ । चाहे ओरालो होस वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो नेक्सन गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसैबीच नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले युवा र छिटो–छिटो पुस्ताका लागि बनाइएको नयाँ ‘स्टाइलब्याक’ टाटा टिगोर पनि विक्रीमा ल्याएको छ । टाटा टिगोरको अनावरण गर्दै टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड जोनी ओमनले भने, ‘भोलिको गतिशीलतालाई आकार दिने जोशका साथ हामीले नयाँ श्रेणीका सवारी साधनहरू सिर्जना गरेर अटोमोटिभ इन्जिनियरिङको सिमानालाई निरन्तरता दिइरहेका छौं ।

टिगोर नयाँ उत्पादन मात्र होइन, यो नयाँ प्रचलनहरू सेट गर्दै अप्रत्याशित केही सिर्जना गर्ने विरासतको वास्तविक प्रतिबिम्ब हो ।टिगोर गाडी तीन प्रकार छन् र मूल्य पनि भिन्नभिन्न छ । एउटाको मूल्य २९ लाख ९९ हजार, दोस्रोको ३१ लाख ४९ हजार र अर्कोको ३२ लाख ९९ हजार मूल्य कायम गरिएको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘हामी टाटा मोटर्सको पहिलो अन्तर्राष्ट्रिय बजार भएकोमा गर्व गर्छौ जसले टिगोर लन्च गरेको छ । टिगोर टाटा मोटर्सको उत्पादनको एक रत्न हो । हामी यसलाई नेपाली बजारमा चमत्कारपूर्ण रुपमा विस्तार गर्छौं भन्ने कुराको औचित्य पुष्टि गर्न भारतीय बिक्रीको आँकडा काफि छ ।’

टिगोर र नेक्सन दुवैले सुन्दर बनावटका कारण सजिलै सवै मानिसहरुको ध्यान आफूतर्फ तान्न सफल भएका छन् । जोसुकैलाई पनि यी गाडी प्रति जिज्ञासु छन् । यी गाडीले सहरमा ड्राइभिङ गर्दा सहज प्रणालीमार्फत सहयोग गर्दछ । राजमार्गमा आवश्यकताअनुसार धेरै छिटो प्रतिक्रिया देखाउँछ ।

विद्युतीय सवारीसाधनलाई मुख्य तीन वर्गमा विभाजन गरिएको छ । ब्याट्री विद्युतीय सवारी साधनहरू ब्याट्री प्याकमा भण्डारण गरिएको बिजुलीद्वारा संचालित हुन्छन्। प्लग–इन हाइब्रिडहरूले पेट्रोल वा डिजेल इन्जिनलाई विद्युतीय मोटर र ठूलो रिचार्जेबल ब्याट्रीसँग जोड्छन्।

प्रतिक्रिया