संसद्मा एमसीसी टेबल हुनु लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

नेपालखोज २०७८ फागुन ९ गते १२:४५

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीबारे सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्। सामाजिक सन्जालमार्फत उनले संसद् शक्ति केन्द्रहरुका दबाबमा पर्न नहुने स्पष्ट पारे ।

उनले जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसद्मा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक रहेको बताए । उनले भने, ‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं । दलीय-गुटीय आग्रह र शक्तिकेन्द्रहरूका दबाबमा हैन सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गरौं ।’

भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । जसपाले आधिकारिक निर्णय भने गरिसकेको छैन । अध्यक्ष उपेन्द्र यादव विपक्षमा उभिने सम्भावना छ ।

प्रतिक्रिया