एमसीसीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले मानेन

नेपालखोज २०७८ फागुन १० गते १३:५७

काठमाडौं । एमसीसीविरुद्धका रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वाेच्चले अस्वीकार (दरपीठ) गरेको हो ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वाेच्चमा रिट लिएर गएका थिए । सर्वोच्चका अनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।

प्रतिक्रिया