सोमबार, मंसिर २९, २०८२

बैंकिङ कसुर मुद्दामा फरार रहेका विश्वनाथ अधिकारी पक्राउ

नेपालखोज २०७८ फागुन १२ गते १६:४३

काठमाडौं । बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विश्वनाथ अधिकारीलाई आज पक्राउ गरिएको हो ।

सिआईबीका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार वि सं २०७६, ०७७ सालमा अधिकारीले नेपाल बैंकको न्युरोड शाखामा आफ्नो नाममा रहेको खाताबाट रकम भुक्तानी हुने भनि खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवालालाई झुक्याएका थिए । चेकको भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ कात्र्तिक २९ गते प्रतिवादी अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ६२ लाख आठ हजार रुपैयाँ जरिवाना र १० दिन कैद हुने ठहर भएको थियो ।

पश्चात फरार रहेका अधिकारीलाई सिआईबीको फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिहिबार तारकेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई फैसलाा कार्यान्वयनको लागि बिहीबार नै ललितपुर जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले जानकारी दिएका छन् ।

प्रतिक्रिया