‘आइएमइ पे’ स्क्यान गरि खरिद गर्दा १० प्रतिशत छुट

काठमाडौं । आइएमइ पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्धतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दे यो अफर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।
स्टोरहरुमा विभिन्न क्यु आर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमइ पेले स्क्यान एनी क्यु आर अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यु आर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमइ पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्नेछ ।
साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) पाउनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आईडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
‘आइएमइ पे’ बारे :
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमइ पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमइ पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यु आर स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।
आइएमइ डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
प्रतिक्रिया