बैंकिङ कसुरमा फरार सुन्दर पंगेनी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीका अनुसार नवलपरासी (पूर्व) बिनही त्रिवेणी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका ११ सुन्धारा बस्ने बर्ष ४९ बर्षिय सुन्दरप्रसाद पंगेनीलाई पक्राउ गरिएको हो ।
मैनालीका अनुसार पंगेनीले काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिन्न प्रलोभन देखाई ७० लाख रुपैयाँ लगेको, उनले पटक पटक आलटाल गरी जग्गा पास नगरी सो बापत ७० लाखको चेक दिएकोमा सटहीको लागि बैंकमा पेस गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स गरेको थियो ।
सोही अनुरुप पीडितले बैंकिङ कसुरामा महानगरीय प्रहरी परिसर काठमाडौंमा पेस गरेको जाहेरी दरखास्त २०७८ पुस २६ गते दर्ता भई अनुसन्धान गरिएकोमा पंगेनीलाई नवलपरासी (पूर्व) बिनही त्रिवेणी गाउँपालिका वडा नं १ दुम्किबासबाट बुधबार पक्राउ गरिएको प्रवक्ता मैनालीले जानकारी दिए । मैनालीले भने, ‘पक्राउ परेका पंगेनी उपर बैकिङ कसुर तथा सजाय ऐन, २०७४ को मुद्दामा उच्च अदालत पाटनबाट दिन–५ को म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाण्डौबाट अनुसन्धान भई रहेको छ ।’
प्रतिक्रिया