गठबन्धन जोगाउने राणनीतिमा माओवादी र एकीकृत समाजवादी

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा मत दिने अडानबाट पछि हटेका छन् । गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल यस्तो निष्कर्षमा पुगेका हुन् ।
एमसीसीको चर्को विरोध गर्दै आएका दुई दल गठबन्धन जोगाउने रणनीतिमा लागेका हुन् । दुई दलले एमसीसी अनुमोदन हुन दिने बाटो रोजेको जनाइएको छ । एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने जानकारी माओवादी र एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएका छन् ।
एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा बहिष्कार गरेर सहयोग गर्नुपर्ने अवस्था भएको दुई दलले जनाएका छन् । संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुनेसक्ने सम्भावना छ ।
माओवादी केन्द्रको आज (शुक्रबार) बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया