एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता, एनसीसीका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा–सुविधा प्रदान गर्दै आएको छ । यसै क्रममा काठमाडौंमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रा.लि.सँग ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा बैंकले द्विपक्षीय सम्झौता गरेको छ ।
सम्झौता मार्फत बैंकका ग्राहकले काठमाडौंमा अवस्थित सोल्टी होटेल र नेपालगन्जमा अवस्थित सोल्टी वेस्टन्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्पmत भुक्तानी गर्दा फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेजअन्तर्गत सञ्चालनमा रहेका अन्य होटेलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौताअन्तर्गत बैंक र इन्टरप्राइजेजबीच प्रवर्द्धनात्मक कार्यक्रमहरूसमेत सञ्चालन गर्ने सहमति भएको छ ।
देशैभर शाखा सन्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया