आइतबार, जेठ ५, २०८२

ई-सेवा ट्राभलको ब्रान्ड एम्बेसडर क्याप्टेन विजय लामा नियुक्त

नेपालखोज २०७८ फागुन १३ गते १९:४४

काठमाडौं । ई–सेवा ट्राभल एण्ड टुर्सले क्याप्टेन विजय लामालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ई–सेवाले आज एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय टिकेटिङ एप्सको सुरूवातसँगै ब्रान्ड एम्बेसडरसमेत नियुक्ति गरेको हो ।

यसअधि नै ई–सेवा एपमार्फत आन्तरिक उडानमा हवाई टिकट काट्न सकिने व्यवस्था रहेकोमा अब अन्तर्राष्ट्रिय उडानका टिकट काट्न सकिने भएको छ । ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले ५–६ महिनाको तयारी पछि अन्र्तराष्ट्रिय हवाई टिकट योजना सहज सफल भएको बताए । उनले एयरलाइन्स कम्पनी र ट्राभल कम्पनीलाई नै सहज बनाउनको लागि यो सेवा सुचारू गरिएको जानकारी दिए ।

सापकोटाले ई–सेवाबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्ससँगै अन्य नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलान्सको टिकट खरिद गर्ने सकिने बताए । उनले सर्वसाधारणलाई सहज टिकटको व्यवस्था गर्न सेवा सुचारु गरिएको उल्लेख गरे ।

त्यस्तै ई–सेवा ट्राभल एण्ड टुर्सका ब्रान्ड एम्बेसडर विजय लामाले ग्राहकलाई सहज गराउन आफूले ई–सेवामार्फत सहयोग गर्ने बताए । उनले कागजको टिकेटको सट्टा प्रविधिको प्रयोग बढ्दै गएको बताए । उनले ३५ वर्षदेखि हवाई क्षेत्रमा काम गरेकाले ई-सेवामार्फत हवाई क्षेत्रको प्रचार गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया