‘ए’ डिभिजन लिग आजबाट सकिँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजबाट सकिँदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छन् । आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ १२ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा च्याम्पियन मछिन्द्र र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको अन्तिम खेलको रुपमा रहेको मछिन्द्र र एपीएफबीचको खेल ४:३० बजे सुरु हुनेछ । मछिन्द्र १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
आजै हुने तेस्रो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया